१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने इरानको घोषणा

१७ बैशाख २०८२, बुधबार १७:०२

इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ ।

लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन चरणको वार्ता गरिसकेका छन् । पश्चिमी देशहरूका अनुसार इरानको युरेनियम संवर्धन आणविक हतियार विकास गर्ने उद्देश्यले बनाइएको हो । तेहरानले उक्त आरोपलाई अस्वीकार गर्दछ ।

ओमानको मध्यस्थतामा अप्रिल १२ मा सुरु भएको वार्ता दुई पक्षबीच वर्षौंदेखिको उच्च स्तरको सम्पर्क हो ।

“वार्ताको अर्को चरण रोममा हुनेछ”, विदेशमन्त्री अब्बास अराघचीले बुधबार मन्त्रिपरिषद्को बैठकपछि भन्नुभयो ।

इरानी अधिकारीहरूले शुक्रबार सन् २०१५ को आणविक सम्झौताका पक्षहरू बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरूसँग पनि भेट गर्ने उहाँले जानकारी दिनुभयो ।

यो सम्झौताले इरानको आणविक गतिविधिहरू रोक्ने बदलामा प्रतिबन्धहरू हटाउन आह्वान गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टन उक्त सम्झौताबाट पछि हटेको थियो ।

फ्रान्सले युरोपेली त्रिगुटले प्रतिबन्धहरू पुनः लागू गर्नसक्ने धम्की दिएपछि इरानको संयुक्त राष्ट्र मिसनले ‘धम्की र आर्थिक ब्ल्याकमेल’ ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएको छ ।

“वास्तविक कूटनीति धम्की वा दबाबमा अगाडि बढ्न सक्दैन”, इरानको आइएसएनए समाचार एजेन्सीले बुधबार प्रकाशित गरेको पत्रमा कूटनीतिक मिसनले भनेको छ ।

ट्रम्पले मार्चमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई एउटा पत्र पठाएर इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै वार्ता गर्न आग्रह गर्नुभएको थियो ।

जनवरीमा कार्यालयमा फर्केपछि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तै ‘अधिकतम दबाब’ प्रतिबन्ध अभियानलाई पुनर्जीवित गर्नुभएको छ ।

तेहरानले जारी वार्तामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

शनिबार ओमानको राजधानी मस्कटमा भएको अन्तिम चरणमा दुवै पक्षले प्रगति भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव