२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’

२०८२, ८ जेष्ठ बुधबार १७:१७

सोलुखुम्बु, ७ जेठः रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र विपद्सँग जुध्न सक्षम रहेको बगाउनुभएको छ ।

रक्षा मन्त्रालयद्वारा आज सल्लेरीमा आयोजित ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेना सीमा सुरक्षा वा शान्ति सुरक्षाका लागि मात्र नभई मुलुकमा भैपरी आउने हरेक समस्यासँग जुध्न सक्षम रहेको बताउनुभयो । उहाँले प्राकृतिक विपद्, सङ्कट र अन्य आपत्कालीन अवस्थामा समेत सक्रिय रहने संस्थाका रूपमा नेपाली सेना स्थापित भइसकेको उल्लेख गर्नुभयो ।

“बाढी, पहिरो, हिमताल बिस्फोट, डुबान, भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्का बेला नेपाली सेनाले देखाएको सक्रियता र समर्पण उल्लेखनीय छ”, मन्त्री राईले भन्नुभयो, “जिल्लाको थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीका बेलामा सेनाले जनजीवन जोगाउन खेलेको भूमिका यसका उदाहरण हुन् ।” उहाँले नेपाली सेना सधैँ राष्ट्रको आवश्यकताअनुसार खटिने संस्थाका रूपमा जिम्मेवार रहँदै आएको बताउनुभयो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षा कार्यमासमेत सेना समर्पित रहेको मन्त्री राईले उल्लेख गर्नुभयो । राष्ट्रिय सुरक्षाका साथै वातावरण संरक्षण, विपद् व्यवस्थापन र समुदायसँगको समन्वयमा सेनाको भूमिका प्रभावकारी रहेको उहाँले धारणा राख्नुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने