५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’

८ जेष्ठ २०८२, बुधबार १७:१७

सोलुखुम्बु, ७ जेठः रक्षामन्त्री मानवीर राईले नेपाली सेना मुलुकमा आइपर्ने हरेक किसिमका समस्या र विपद्सँग जुध्न सक्षम रहेको बगाउनुभएको छ ।

रक्षा मन्त्रालयद्वारा आज सल्लेरीमा आयोजित ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेना सीमा सुरक्षा वा शान्ति सुरक्षाका लागि मात्र नभई मुलुकमा भैपरी आउने हरेक समस्यासँग जुध्न सक्षम रहेको बताउनुभयो । उहाँले प्राकृतिक विपद्, सङ्कट र अन्य आपत्कालीन अवस्थामा समेत सक्रिय रहने संस्थाका रूपमा नेपाली सेना स्थापित भइसकेको उल्लेख गर्नुभयो ।

“बाढी, पहिरो, हिमताल बिस्फोट, डुबान, भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्का बेला नेपाली सेनाले देखाएको सक्रियता र समर्पण उल्लेखनीय छ”, मन्त्री राईले भन्नुभयो, “जिल्लाको थामे क्षेत्रमा हिमताल फुटेर आएको बाढीका बेलामा सेनाले जनजीवन जोगाउन खेलेको भूमिका यसका उदाहरण हुन् ।” उहाँले नेपाली सेना सधैँ राष्ट्रको आवश्यकताअनुसार खटिने संस्थाका रूपमा जिम्मेवार रहँदै आएको बताउनुभयो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षा कार्यमासमेत सेना समर्पित रहेको मन्त्री राईले उल्लेख गर्नुभयो । राष्ट्रिय सुरक्षाका साथै वातावरण संरक्षण, विपद् व्यवस्थापन र समुदायसँगको समन्वयमा सेनाको भूमिका प्रभावकारी रहेको उहाँले धारणा राख्नुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता