५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

९ जेष्ठ २०८२, बिहीबार १३:०५

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताउनुभएको छ ।

“मैले विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “हामी यहुदी विरोधी भावना र इजरायल राज्यविरुद्धको जङ्गली उक्साहटको भयानक मूल्य देखिरहेका छौँ ।”

बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी सङ्ग्रहालयमा युवा पेशेवरहरू र कूटनीतिक कर्मचारीहरूका लागि सामाजिक कार्यक्रम भइरहेको बेला सङ्ग्रहालय बाहिर गोली हानाहान भएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एक जना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा “फ्रि, फ्रि प्यालेस्टिन’ भनेर चिच्याएको देखाइएको छ ।

संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडितहरू विवाह गर्ने योजना बनाएका एक युवा दम्पती थिए ।

इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आफू ‘स्तब्ध’ भएको तर दुई देश ‘हाम्रा जनताको रक्षामा एकजुट हुने’ बताउनुभएको छ ।

“इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो”, हर्जोगले भन्नुभयो, “अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुनेछन् । आतङ्क र घृणाले हामीलाई तोड्ने छैन ।”

विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू ‘डराएको’ भन्दै इजरायलले ‘आतङ्क’ मा नझुक्ने प्रतिज्ञा गर्नुभयो ।

“विशेष गरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौँ । इजरायलले आतङ्कका सामु आत्मसमर्पण गर्ने छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता