२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नख्खु खोलाको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई गणतन्त्र दिवसका अवसरमा पुरस्कृत गरिने

११ जेष्ठ २०८२, शनिबार १३:१२

काठमाडौँ । गत असोजमा ललितपुरको नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान जोगाउने चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

गत असोज १२ गते नख्खु खोलाको बाढीले बगाएका रौतहट घर भई ललितपुर महानगरपालिका-२५ सुगम बस्ती टोल बस्ने ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी बचाएका काभ्रेको तेमाल गाउँपालिका-९ का चणिकलाललाई प्रदेश सरकारले १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले चणिकलालाई गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते नगद पुरस्कारसहित सम्मान गरिने जानकारी दिए।

उनका अनुसार चणिकलाललाई सम्मान गर्ने निर्णय गत असोजमै भएको थियो। अहिले गणतन्त्र दिवसका अवसरमा त्यो कार्यान्वयन गर्न लागिएको हो।

गत असोज १२ गते नख्खु खोलाको बाढीले राजु र उनकी छोरी मेघनालाई बगाएर करिब ३ सय मिटर तल पुर्‍याइसकेको थियो। त्यस क्रममा बाढीमै हेलिएर चणिकलाले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

विपद्का बेला मानवीय सहयोग गरेकाले उनलाई नगदसहित सम्मान गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले बताए।

यसैबीच गणतन्त्र दिवस २०८२ मनाउन प्रदेश सरकारले प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको छ। मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा बनेको समितिले जेठ १३ देखि १५ गतेसम्म विविध कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।समितिमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय प्रमुख, हेटौँडा उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव