२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जि.प्र.का.उदयपुरले मदन भण्डारी लोकमार्गका होटलहरूमा अनुगमन

१३ जेष्ठ २०८२, सोमबार १७:४२

काठमाडौँ । मदन भण्डारी लोकमार्गका होटलमा उदयपुर प्रशासनको अनुगमन

जिल्ला प्रशासन कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्ग अन्तर्गत बसाहा र बेल्टार खण्डका लाइन होटलहरूमा अनुगमन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वमा भएको अनुगमन टोलीले होटल तथा खाद्य व्यवसायमा अपनाइनुपर्ने मापदण्डको अनुगमन गरेको छ। सो क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको ‘हलेसी लाइन होटल एण्ड पेडा भण्डार’ लाई सात हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमनका क्रममा अखाद्य वस्तु मिसिएको दही, अन्तःशुल्क दर्ता बिना बिक्री भइरहेका बियर, चुरोट, गुट्खा लगायतका सामग्री पनि बरामद गरियो।

यात्रुहरूबाट सरसफाइ अभाव र मूल्य अनियमितताको गुनासो बढेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताएका छन्।

अनुगमन गरिएको होटलहरूमध्ये स्थानीय अधिकारी होटल एण्ड लज, बबिता खाजा घर, रोडसाइड फास्टफूड, हलेसी लाइन होटल, काठे घर, बैजनाथ बाबा पेडा भण्डार एण्ड खाजा घर, होटल रोयल एण्ड लज, पोखरेल होटललगायत दश होटल समावेश छन्।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

टोलीले अधिकांश होटलहरूलाई सरसफाइ र खाद्य सुरक्षा मापदण्डमा सुधार ल्याउन आवश्यक निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव