२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जि.प्र.का.उदयपुरले मदन भण्डारी लोकमार्गका होटलहरूमा अनुगमन

२०८२, १३ जेष्ठ सोमबार १७:४२

काठमाडौँ । मदन भण्डारी लोकमार्गका होटलमा उदयपुर प्रशासनको अनुगमन

जिल्ला प्रशासन कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्ग अन्तर्गत बसाहा र बेल्टार खण्डका लाइन होटलहरूमा अनुगमन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वमा भएको अनुगमन टोलीले होटल तथा खाद्य व्यवसायमा अपनाइनुपर्ने मापदण्डको अनुगमन गरेको छ। सो क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको ‘हलेसी लाइन होटल एण्ड पेडा भण्डार’ लाई सात हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमनका क्रममा अखाद्य वस्तु मिसिएको दही, अन्तःशुल्क दर्ता बिना बिक्री भइरहेका बियर, चुरोट, गुट्खा लगायतका सामग्री पनि बरामद गरियो।

यात्रुहरूबाट सरसफाइ अभाव र मूल्य अनियमितताको गुनासो बढेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताएका छन्।

अनुगमन गरिएको होटलहरूमध्ये स्थानीय अधिकारी होटल एण्ड लज, बबिता खाजा घर, रोडसाइड फास्टफूड, हलेसी लाइन होटल, काठे घर, बैजनाथ बाबा पेडा भण्डार एण्ड खाजा घर, होटल रोयल एण्ड लज, पोखरेल होटललगायत दश होटल समावेश छन्।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

टोलीले अधिकांश होटलहरूलाई सरसफाइ र खाद्य सुरक्षा मापदण्डमा सुधार ल्याउन आवश्यक निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने