२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

२०८२, १४ जेष्ठ मंगलवार १४:२९
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।
‘स्थानीय स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।
जिल्लाका छवटा स्थानीय तहहरूमध्ये बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने तेस्रो स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाङ्काल गाउँपालिकाले २०८२ वैशाख ३१ गते र काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप अभियानमा स्वास्थ्य स्वयंसेविकाहरुले पु¥याएको योगदान अतुलनीय भएको बताउनुभयो । “सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहन्छु,” उहाँले भन्नुभयो । उहाँले बालमैत्री स्थानीय तह, बालविवाह मुक्त स्थानीय तह घोषणा गर्न ध्यान दिन पनि गाउँपालिकालाई आग्रह गर्नुभयो ।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम राख्नका लागि क्रियाशील भएर लाग्न स्वास्थ्यकर्मी एवं स्वयमंसेविकालाई अनुरोध गर्नुभयो । “तपाइँहरूको सहयोगको उच्च मूल्याङ्कन हुन्छ, प्रोत्साहनस्वरूप केही सहयोग उपलब्ध गराउँदै आएका छौँ, भविष्यमा पनि यहाँहरुको योगदानको मूल्याङ्कन गर्नेछौँ”, लोप्चनले भन्नुभयो ।
राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले बताउनुभयो । “राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाहरुले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरु विरुद्धका खोपहरु प्राप्त गरेको र गर्भवती महिलाहरु टिडी, धनुष्टङ्कार र भ्यागुते रोग बिरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ । जुन आज बागमती गाउँपालिकाले सम्पन्न गरेको छ,” डाक्टर पौडेलले भन्नुभयो ।
बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले तीन वर्षदेखि स्वास्थ्य स्वयमंसेविकाहरूले घरघरमा पुगेर सबै बालबालिकालाई खोप लगाउनका लागि गरेको प्रयासस्वरूप आजको अवस्थासम्म आइपुगेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरूमध्येको यो लक्ष्य हासिल हुँदा स्वस्थ समाज निर्माण र स्वस्थ्य जनशक्ति निर्माणमा योगदान पु¥याएको धारणा राख्नुभयो ।
ललितपुर जिल्ला खोप अधिकृत राजाराम कार्कीले प्रत्येक स्थानीय तहले खोप सुनिश्चित गर्नु अनिवार्य रहेको बताउँदै खोप सुनिश्चितता स्थानीय तह घोषणा गर्ने जिल्लाकै तेस्रो स्थानीय तह हुन सफल भएकामा बधाई दिनुभयो । स्थानीय तहबाट गएको प्रतिवेदन र जिल्ला तहबाट भएको अनुगमनका आधारमा बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले विगत तीन वर्षदेखि बालबालिकाहरुमा खोप सुनिश्चित भए÷नभएको अनुगमन गरेर खोप लगाउन छुटेका बालबालिकालाई खोप दिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको जानकारी गराउनुभयो ।
राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानमा देशभर १६ भन्दा बढी खोप केन्द्रहरू रहेको र बागमती गाउँपालिकाभित्र मात्रै १९ वटा खोप केन्द्रहरू रहेको उहाँले जानकारी गराउनुभयो । यी खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उहाँले जानकारी गराउनुभयो ।
स्थानीय तह, जिल्ला र प्रदेश हुँदै देशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ । सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरूप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह