१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

लैङ्गिक हिंसाविरुद्ध कोशीका चार पालिकामा नमूना परियोजना

१५ जेष्ठ २०८२, बुधबार १३:०३
काठमाडौँ । कोशी प्रदेशका चार वटा पालिकामा परीक्षणको रुपमा विश्व बैङ्कको सहयोगमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चानल भएको छ ।
झापाको मेचीनगर नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नमूना परियोजना सुरू भएको परियोजनाकी विज्ञ कमला उप्रेतीले बताउनुभयो ।
नेपालमा कोभिड–१९ को महामारीपछि लैङ्गिक हिंसा बढेर गएको हुँदा यसको रोकथाम र प्रतिकार्यका लागि विश्व बैङ्कको सहयोगमा परीक्षणको रूपमा देशभर छ वटा र कोशीका चार वटा पालिकामा परियोजना लागू भएको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा र नवलपरासीको रामग्राम नगरपालिकामा पनि यो परियोजना लागू भएको छ । विश्व बैङ्कले चालू आर्थिक वर्षमा पालिकालाई परियोजना सञ्चालनका लागि रु ४० लाखका दरले सहयोग प्रदान गरेको उहाँले बनाउनुभयो ।
परियोजना परीक्षणको रूपमा पाँच वर्षको हुने र त्यसको प्रभावकारिता मूल्याङ्कनपछि देशभरका सबै पालिकामा यसलाई लैजाने नेपाल सरकारको योजना रहेको उप्रेतीले बताउनुभयो ।
परियोजना सञ्चालन भएका पालिकामा समाजका प्रतिष्ठित व्यक्तिलाई समेटेर सद्भावना दूतका रूपमा ‘पुरुष सञ्जाल’ गठन गर्ने र सञ्जालमार्फत लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायमा रोकथाम र प्रतिकार्यसम्बन्धी कार्यक्रम गरिने भएको छ ।
परियोजनाअन्तर्गत पहिलोपल्ट मेचीनगरमा र त्यसपछि धनकुटामा पुरुष सञ्जाल गठन गरेर सञ्जालका सदस्यलाई दक्षता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिसकेको उहाँको भनाइ छ ।
मेचीनगर नगरपालिकाले कार्यपालिकाबाट पुरुष सञ्जालसम्बन्धी कार्यविधि अनुमोदन गरी नगरको राजपत्रमा प्रकाशित गरिसकेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । कार्यविधिअनुसार सञ्जालकार्य समिति मनोनित गरिएको हो । समितिको कार्यकाल पाँच वर्ष रहने उल्लेख छ ।
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समाजमा भइरहेका लैङ्गिक हिंसाविरुद्ध उभिन, आदर्श पुरुषको रूपमा समाजमा सकारात्मक सोचको विकास गर्न र पितृसत्तात्मक गलत सोचलाई परिवर्तन गर्न पुरुष सञ्जालले योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो ।
मेचीनगर नगरपालिकाको महिला तथा वालवालिका शाखाकी प्रमुख जयन्ती खरेलले परियोजनाअन्तर्गत गठन भएको सञ्जालका संयोजक र सदस्य अवैतनिक हुने र समाजमा लैङ्गिक हिंसा हुन नदिने गरी समुदायमा विभिन्न कार्यक्रम लैजाने जानकारी दिनुभयो ।
परियोजनाअन्तर्गत पािलकामा मनोपरामर्शकर्ता नियुक्त हुने र हिंसा पीडितको सुरक्षा र सहयोगका लागि सुरक्षित कक्षको स्थापना गरिने भएको छ ।
पुरुष सञ्जाल नयाँ अवधारणा भएकाले समाजमा यसका बारेमा चासो धेरै रहेको जनाउँदै केन्द्रीय पुरुष सञ्जालका सदस्य संजोग ठकुरीले सञ्जालका हरेक सदस्य आदर्श पुरुष बन्न सके मात्र समाजमा लैङ्गिक हिंसाको अन्त्य गर्न सञ्जालको अभियान प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव