२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इस्ट् अमेजिङ

२०८२, १५ जेष्ठ बुधबार १६:४१

काठमाडौँ । आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिनुभयो । ‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ ( आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भन्नुभयो, “नेपाल साच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।” माउन्टेन फ्लाइट जीवनकै अविष्मरणीय भएको उहाँले बताउनुभयो ।

अर्का चिनियाँ आरोही वाङसु छाले पनि हिमालय क्षेत्रको अवलोकन गर्न पाउँदा खुशीको सिमान नरहेको बताउनुभयो । “आश्चर्यजनक छ, खुशीको सीमै रहेन”, उहाँले थप्नुभयो । आफ्नो सगरमाथा आरोहणको अनुभवको जानकारी गराउँदै उहाँले नेपालतर्फबाट सगरमाथाको भूवनोट नयाँ र अनुपम लागेको प्रतिक्रिया दिनुभयो ।

नजिकैबाट सगरमाथासहितका सुन्दर हिमाल हेर्दा भारतको गुजरातका निलिस बर्टलाई निलेस् बर्टमा पनि खुसीको सीमा थिएन । सगरमाथा आरोही विद्यार्थीलाई सँगै लिएर गएका बर्टले आफ्नो वर्षौँदेखिको सगरमाथालाई नजिकबाट साक्षात्कार गर्ने सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “असाध्यै राम्रो अनुभव भयो, मेरो वर्षौँदेखिको सपना पूरा भयो ।”

नेपालको अनुपम प्राकृतिक सुन्दरता हेर्न अफू पटक–पटक नेपाल आउने गरेको उहाँको भनाइ थियो । काठमाडौँमा मङ्गलबार आयोजना भएको ‘अन्तरराष्टिय एभरस्ट समिटर्स समिट–२०२५’ का सहभागी भारत, चीनलगायत विभिन्न मुलुकका सगरमाथा आरोहीलाई नेपालको हिमाली सौन्दर्यको अवलोकन गराइएको छ । आज बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट) मार्फत उनीहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

नेपाल बिग माउन्टेनका उपाध्यक्ष सुजित रेग्मीका अनुसार बुद्ध एयरको एटीआर विमानमार्फत माउन्टे फ्लाइट गराइएको हो । भारत, चीन, बेलायत, मेक्सिकोलगायत मुलुकका ५० आरोहीले हिमाली दृश्यावलोकन गरेका हुन् ।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ६ बजेर ४० मिनेटमा उडेको विमान करिब एक घण्टाको उडानपछि पुनः काठमाडौँ विमानस्थलमै अवतरण भएको थियो । लाङटाङ हिमालदेखि सगरमाथा हिमाल क्षेत्रसम्मको हिम चुचुरोको दृश्यावलोकन गरिएको थियो । निजी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलगायतले पर्वतीय उडान गर्दै आएका छन् । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुन्छ । विमानस्थलबाट सुरू हुने यो उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अनुपम प्राकृतिक सुन्दरता भूधरातलीय स्वरूपको आकर्षणले स्वदेशी तथा विदेशीलाई मोहित तुल्याउँछ ।

पर्वतीय उडानका दौरानमा आखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा विदेशी पाहुना मोहित भए । अजङ्गसँग फैलिएका हिमशृङ्खला आकाशबाट हेर्दा अँगालोमा बेर्न सकिनेजस्तै देखिए । बादलुको घुम्टोमाथि चाँदीझै टल्किएका सुन्दर हिमालको मनमोहक दृश्यवादन गरेर सगरमाथा आरोही फर्किए ।

बिहानीको पारिलो घाम । आकाशमा बादलको लुकामारी । चाँदीझै टल्किने हिमालले पर्वतीय उडानलाई बेग्लै रौनक थपेको थियो । नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल रहेका छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा विश्वभरका आरोहीको सपनाको हिमाल पनि हो । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

अन्तरराष्ट्रिय सगरमाथा आराहीहरूका विशेष जमघट ‘अन्तरराष्टिय एभरेस्ट समिटस समिट–२०२५’ पहिलो पटक काठमाडौँमा आयोजना गरिएको हो । एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता थियो । सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी थिए ।

एभरेस्ट एलायन्स नपालका अध्यक्ष सुदर्शन नेपालले विदेशी सगरमाथा आरोहीलाई नेपालको हिमालको अनुपम सुन्दरताको दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट गरिएको बताउनुभयो । उहाँले यो उडानमार्फत नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि यही जेठ ४ गते बहुप्रतिक्षित ‘सगरमाथा संवाद’ मा सहभागी विशिष्ट विदेशी पाहुनालाई माउन्टेन फ्लाइटमार्फत सगरमाथासहितका हिमाली सौन्दर्यको अवलोकन गराइएको थियो । अन्तरराष्ट्रिय सगरमाथा दिवसको सन्दर्भमा पछिल्लो साता नेपालमा ठूला–ठूला अन्तरराष्ट्रिय सम्मेलन भइरहेका छन् । सगरमाथा संवादलगत्तै यही जेठ ९ देखि ११ सम्म बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजना भएको थियो । यही जेठ २० देखि २२ सम्म हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण आयोजना हुँदैछ । नेपालमा एकपछि अर्को भइरहेका पर्यटनसम्बन्धी अन्तरराष्ट्रिय सभा सम्मेलनले नेपालको पर्यटन खासगरी साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउनुभयो । उहाँले स्रोत बजारमा गन्तव्य प्रवर्द्धनका लागि बोर्डले रणनीतिक कार्यक्रमका साथ अघि बढेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह