२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

२०८२, १६ जेष्ठ बिहीबार १२:५६

काठमाडौँ । म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाकायुवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ ।

रोजगारको सिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका४१ बर्षी पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । उहाँले भन्नुभयो, ‘‘मरुभूमिको देशमाकाम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु ।’’

पुनले विगत १४ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आउनुभएको छ । उहाँलाई भेडीगोठमा उहाँकै छोरा प्रतिक पुनले सहयोग गर्नुभएको छ । विद्यालयतहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लाग्नुभएको हो । गाउँमा परम्परागत रुपमाहुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामापुगेपनिपुनकाबाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन् ।

सुरुआतमा रु ६ लाखलगानीमा १५० वडा भेडाखरिद गरेर घुम्तीगोठ सुरु गर्नुभएकापुनको भेडिगोठमा अहिले ३०० भेडा छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रिहुने गरेको पुनले बताउनुभयो । वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमापालनगरिने भेडा, साँड र खसीको मागअत्यधिकहुने भएकाले विक्रिकालागिबजारको अभाबहुँदैन् ।

खासगरी विभिन्नथानहरुमाभाकलपूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्यकार्यहरुकालागिखसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताउनुभयो । भेडापालनलाई व्यवसायिक र व्यवस्थितगर्न पुनले भेडापालन फर्म नै दर्ता गर्नुभएको छ ।

भेडापालनमा लागेको बर्षौ भएपनिअहिलेसम्म राज्यबाट कुनै सुविधानपाएको पुनको गुनासो छ । बार्षिक रुपमाफर्मबाट सरकारलाई कर तिर्देै आएपनिआफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्तनभएको उहाँले बताउनुभयो ।

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउनमागगर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रकाबुकीमात्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ ।

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुलाआकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षतिव्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन् । पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ । चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आउनुभएको छ । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमागोठ झार्ने गरिन्छ । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह