१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान

१६ जेष्ठ २०८२, बिहीबार १३:१२

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदीबन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो । १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदीबन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताउनुभयो ।‘‘विभिन्न कारणले कैदी जीवन बिताइरहनुभएका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्वपूर्ण कार्य गर्नुभएको छ,’’ उहाँले भन्नुभयो,‘‘कैदी जीवन बिताइरहेकाहरुलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’’

कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसूर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताउनुभयो ‘‘वीरगञ्जमा रगतको चर्काे अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौं,’’ उहाँले भन्नुभयो,‘‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’’ कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रुपक मण्डलले कारागारमा थनुवा तथा कैदीबन्दी गरेर करिव एकहजार ३००को हाराहारीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल