२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

‘गणतन्त्रको संस्थागत विकास गर्नु सबैको साझा दायित्व’

१६ जेष्ठ २०८२, बिहीबार १५:४३

काठमाडौँ | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित १८औँ गणतन्त्र दिवसको समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास र रक्षा गर्नु सबैको साझा सरोकार र कर्तव्य भएको बताउनुभयो ।

“व्यक्तिको जन्मका आधारमा श्रेष्ठता प्रदान गरिने र शासन सत्ता सम्हाल्ने प्रणालीको अन्त्य गरी हरेक नागरिक समान हुन पाउने हक र अधिकार प्राप्त भएको ऐतिहासिक दिन हो, गणतन्त्र दिवस”, मुख्यमन्त्रीले भन्नुभयो, “महिला व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख भइसकेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्दतिको यो सुन्दर पक्ष हो ।”

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गणतान्त्रिक व्यवस्थाले हरेक नागरिकको जीवनस्तर माथि उठेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा हप्तौँ, महिनौं समय लगाएर पुग्ने गन्तव्यको हाम्रो यात्रा आज घण्टामा छोटिएको छ । गणतन्त्रको स्थापना पछि कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातलगायत क्षेत्रमा विकास भएको छ ।” उहाँले हरेक सरकार प्रमुखसँग नागरिकले भेटी खुलेरै समस्या राख्न सक्ने व्यवस्था विगतमा भन्दा सुधार भएको दाबी गर्नुभयो ।

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले महिला, दलित, पिछडिएको, उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याई विभिन्न निकायको प्रमुख बनाउने र समान अधिकार प्रदान गर्ने गणतान्त्रिक व्यवस्था रहेको उल्लेख गर्नुभयो । संविधान, सङ्घीयता, समावेशीता र सामाजिक न्यायसहितको व्यवस्था र पद्दति जोगाउनु सबै रुपान्तरणकारी शक्तिको अभिभारा रहेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले यो व्यवस्थामाथि टिकाटिप्पणी र प्रश्न उठ्नुमा हामी राजनीतिक नेतृत्व र राष्ट्रसेवकको कमजोरी रहेको बताउनुभयो । नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिका विरुद्ध लाग्नेमाथि गणत्न्त्र पक्षधर एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

समारोहमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विपद्मा ज्यानको प्रवाह नगरी नागरिकको खोज, उद्धार तथा पुनःस्थापनामा संलग्न भएर प्रशंसनीय काम गर्ने प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, हवल्दार प्रेमबहादुर चुनारा, नेपाली सेनाका प्यूठ विजय कोइराला, केवल कटुवाल र सशस्त्र प्रहरी हवल्दार धनबहादुर पुनलाई जनही रु ३० हजार विपद् साहसिक पुरस्कारले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य