२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

२०८२, १७ जेष्ठ शुक्रबार १६:१५
काठमाडौँ । पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्षतामा बिहीबार बसेको बैठकले समितिको बैठकले छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न स्थानमा कोभिडका सङ्क्रमित बिरामीहरु देखापरेकाले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा स्वास्थ्य सतर्कता अपनाउने निर्णय गरेको छ ।
“कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा जाँचलार्ई थप प्रभावकारी बनाउने र आवश्यक निगरानी तथा स्वास्थ्य सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय भएको छ,” प्रजिअ अर्यालले भन्नुभयो, “भारतीय भूमिबाट प्रवेश गर्ने यात्रुहरुलाई लक्षित गरी स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, आवश्यकताअनुसार उक्त हेल्थ डेस्कमा सुरक्षाकर्मीलगायत जनशक्ति समेत खटाई व्यवस्थित रुपमा स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।”
बैठकले अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन अनुरोध गरेको छ । त्यस्तै गरी जटिक प्रकृतिका शङ्कास्पद बिरामीलाई अन्य अस्पतालमा रेफर नगर्न पनि अनुरोध गरेको छ । बैठकले मास्क, सेनिटाइजर, अक्सिजनलगायतका कोभिड सङ्क्रमणमा प्रयोग हुने लाइफ सेभिङ उपकरणहरुको स्टक सुनिश्चित गर्ने पनि निर्णय गरेको छ ।
प्रवेश विन्दुमा खटिएका कर्मचारीहरुले विगतदेखि पाउनुपर्ने तलब सुविधा हालसम्म नपाएको गुनासो आएकाले रोकिएको पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने पनि निर्णय भएको छ ।
त्यस्तै, कोभिड सङ्क्रमणसँग सम्बन्धित परीक्षणका लागि आवश्यक सङ्ख्यामा आरडिटी टेष्ट कीट र पिसिआर तथा खोप समेत उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ ।  त्यस्तै, कोभिडसम्बन्धी जनचेतना अभिवृद्धि गर्नाका साथै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कतासम्बन्धी उपायहरु अवलम्बन गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह