१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

१७ जेष्ठ २०८२, शुक्रबार १६:१५
काठमाडौँ । पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सीमा नाकामा जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्षतामा बिहीबार बसेको बैठकले समितिको बैठकले छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न स्थानमा कोभिडका सङ्क्रमित बिरामीहरु देखापरेकाले कोभिडको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा स्वास्थ्य सतर्कता अपनाउने निर्णय गरेको छ ।
“कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा जाँचलार्ई थप प्रभावकारी बनाउने र आवश्यक निगरानी तथा स्वास्थ्य सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय भएको छ,” प्रजिअ अर्यालले भन्नुभयो, “भारतीय भूमिबाट प्रवेश गर्ने यात्रुहरुलाई लक्षित गरी स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, आवश्यकताअनुसार उक्त हेल्थ डेस्कमा सुरक्षाकर्मीलगायत जनशक्ति समेत खटाई व्यवस्थित रुपमा स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।”
बैठकले अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन अनुरोध गरेको छ । त्यस्तै गरी जटिक प्रकृतिका शङ्कास्पद बिरामीलाई अन्य अस्पतालमा रेफर नगर्न पनि अनुरोध गरेको छ । बैठकले मास्क, सेनिटाइजर, अक्सिजनलगायतका कोभिड सङ्क्रमणमा प्रयोग हुने लाइफ सेभिङ उपकरणहरुको स्टक सुनिश्चित गर्ने पनि निर्णय गरेको छ ।
प्रवेश विन्दुमा खटिएका कर्मचारीहरुले विगतदेखि पाउनुपर्ने तलब सुविधा हालसम्म नपाएको गुनासो आएकाले रोकिएको पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने पनि निर्णय भएको छ ।
त्यस्तै, कोभिड सङ्क्रमणसँग सम्बन्धित परीक्षणका लागि आवश्यक सङ्ख्यामा आरडिटी टेष्ट कीट र पिसिआर तथा खोप समेत उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णयमा उल्लेख गरिएको छ ।  त्यस्तै, कोभिडसम्बन्धी जनचेतना अभिवृद्धि गर्नाका साथै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कतासम्बन्धी उपायहरु अवलम्बन गर्न सबै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का