२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गण्डकीमा सार्वजनिक यातायात बन्द, पोखराबाट काठमाडौं र चितवनतर्फ २५ बस स्कर्टिङमार्फत पठाइयो

२०८२, १९ जेष्ठ आईतवार १३:२४

काठमाडौँ | सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा गण्डकी प्रदेशमा जारी यातायात बन्द आइतबार पनि यथावत् रहेको छ। बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई सशस्त्र प्रहरीले स्कर्टिङको माध्यमबाट काठमाडौँ र चितवनतर्फ पठाएको छ।

यसअघि शनिबार पनि यस्तै स्कर्टिङ गरी यात्रुलाई गन्तव्यतर्फ पठाइएको थियो।

संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदै आएको छ। यसका कारण सयौं यात्रीहरू पोखरामा अलपत्र परेका छन्। यात्रुको समस्यालाई मध्यनजर गर्दै आइतबार बिहान १० बजेबाट २५ वटा पर्यटक बसमार्फत स्कर्टिङको गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट कास्कीको सीमा कोत्रेसम्म यात्रुहरूलाई स्कर्टिङ गर्दै ल्याएको छ। त्यसपछि तनहुँस्थित सशस्त्र प्रहरीको नम्बर २३ मनकामना गणले नेपाल प्रहरीसहित यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गरी पुर्‍याएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र अनुसार, गण्डकी र बागमती प्रदेशको सीमासम्म सुरक्षा निकायको समन्वयमा यात्रुहरूलाई सुरक्षितरूपमा गन्तव्य स्थानसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण