२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गण्डकीमा सार्वजनिक यातायात बन्द, पोखराबाट काठमाडौं र चितवनतर्फ २५ बस स्कर्टिङमार्फत पठाइयो

१९ जेष्ठ २०८२, आईतवार १३:२४

काठमाडौँ | सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा गण्डकी प्रदेशमा जारी यातायात बन्द आइतबार पनि यथावत् रहेको छ। बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई सशस्त्र प्रहरीले स्कर्टिङको माध्यमबाट काठमाडौँ र चितवनतर्फ पठाएको छ।

यसअघि शनिबार पनि यस्तै स्कर्टिङ गरी यात्रुलाई गन्तव्यतर्फ पठाइएको थियो।

संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदै आएको छ। यसका कारण सयौं यात्रीहरू पोखरामा अलपत्र परेका छन्। यात्रुको समस्यालाई मध्यनजर गर्दै आइतबार बिहान १० बजेबाट २५ वटा पर्यटक बसमार्फत स्कर्टिङको गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट कास्कीको सीमा कोत्रेसम्म यात्रुहरूलाई स्कर्टिङ गर्दै ल्याएको छ। त्यसपछि तनहुँस्थित सशस्त्र प्रहरीको नम्बर २३ मनकामना गणले नेपाल प्रहरीसहित यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गरी पुर्‍याएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र अनुसार, गण्डकी र बागमती प्रदेशको सीमासम्म सुरक्षा निकायको समन्वयमा यात्रुहरूलाई सुरक्षितरूपमा गन्तव्य स्थानसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…