काठमाडौँ | वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको निधन भएको छ। पाँच वर्षदेखि क्यान्सर पीडित ७७ वर्षीय रसिकको आइतबार बिहान हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ ।
उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार रसिकको निधन बिहान ११ बजेतिर भएको हो। त्रिभुवन शिक्षण अस्पतालमा उहाँको पार्थिव शरीर राखिनेछ।
संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको योगदान संगीत क्षेत्रमा सदैव स्मरणीय रहने बताए।
रसिकको अन्त्येष्टि छोरी बेलायतबाट फर्किएपछि गरिने परिवारले जनाएको छ।
गणेश रसिक नेपाली संगीत क्षेत्रमा एक प्रतिष्ठित नाम हुन्, जसले आफ्नो गायन र संगीत सिर्जनाबाट नेपाली सांगीतिक यात्रालाई विशेष योगदान दिएका थिए।