२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा सार्वजनिक यातायात व्यवसायीहरूको धर्ना, सात बुँदे मागसहित विरोध प्रदर्शन

२०८२, १९ जेष्ठ आईतवार १४:२८

काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनको क्रमलाई अघि बढाउँदै आइतबार उनीहरूले माइतीघर मण्डलामा विरोध र्‍याली तथा धर्ना प्रदर्शन गरेका हुन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी व्यवसायीहरूले गाडीमा कालो झण्डा राखेका थिए भने निधारमा कालोपट्टी बाँधेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए।

व्यवसायीहरूको प्रमुख मागहरूमा बागमती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्नुपर्ने, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने, जस्ता विषयहरू समावेश छन्।

यसअघि आन्दोलनको पहिलो चरणमा व्यवसायीहरूले रिङरोड सडकखण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। साथै, उनीहरूले देशका ६ वटै प्रदेशबाट कालो झण्डा देखाउँदै विरोध र्‍याली निकालेका थिए।

संघर्ष समितिले चेतावनी दिँदै भनेको छ कि यदि आगामी जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण