२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राइड शेयरिङलाई वैधानिकता दिएपछि सार्वजनिक यातायात व्यवसायीको विरोध, भोलिबाट सेवा बन्दको चेतावनी

२०८२, १९ जेष्ठ आईतवार १६:००

काठमाडौँ | सरकारले राइड शेयरिङ एपहरूलाई वैधानिकता दिन थालेसँगै सार्वजनिक यातायात व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार काठमाडौंको माइतीघरदेखि बिजुली बजारसम्म कालोपट्टी बाँधी विरोध प्रदर्शन गरिएको हो।सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार सोमबारदेखि सार्वजनिक यातायातका भाडाका सवारीसाधन सञ्चालनमा नल्याई आन्दोलनलाई तीव्र बनाउने तयारी गरिएको छ। उनले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।

गण्डकी प्रदेश सरकारले वैशाख ३० गते ‘राइड शेयरिङ नियमन तथा व्यवस्थापन नियमावली’ स्वीकृत गरेपछि व्यवसायीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। महासचिव नेपालले सो नियमावली संघीय कानुनसँग बाझिने गरी बनाइएको भन्दै आपत्ति जनाए। उनका अनुसार, अन्य प्रदेशहरू पनि यस्तै नियमावली स्वीकृत गर्ने प्रक्रियामा छन्।

व्यवसायीहरूले नियमावली खारेज गर्नुका साथै मजदुरको हक–हित र सार्वजनिक यातायातको सुदृढीकरणका पक्षमा सात बुँदे माग अघि सारेका छन्।

राइड शेयरिङ सेवा वर्तमान ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ विपरीत भएको भन्दै व्यवसायीहरू यसको विरोधमा उत्रिएका हुन्। सो ऐनअनुसार निजी सवारीसाधनले सार्वजनिक यात्रुवाहक सेवा दिन नपाउने व्यवस्था छ।

यही विषयमा व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमा १३ असोज २०८१ मा सर्वोच्च अदालतले सुनुवाइ गर्दै, निजी सवारीसाधनमार्फत राइड शेयरिङ सेवा रोक्दा त्यसले चालकहरूको रोजगारीमा प्रतिकूल असर पार्ने निर्णय दिएको थियो।

फैसलामा भनिएको छ, “राइड शेयरिङ व्यवसायलाई निषेध गर्नुको साटो यसको व्यवस्थापन गर्दै महिला, अपांगता भएका यात्रुहरूलाई समावेश गर्ने अनिवार्यता देखिन्छ। साथै, सुरक्षासम्बन्धी मापदण्डहरू अपनाई, सवारी दर्ता, सञ्चालन, अनुगमन र निरीक्षणका लागि आवश्यक कानुनी संरचना निर्माण गरिनुपर्छ।”

सर्वोच्चको यही निर्णयलाई आधार मानेर गण्डकी प्रदेश सरकारले नियमावली स्वीकृत गरेको हो। तर व्यवसायीहरूले उक्त नियमावलीले परम्परागत सार्वजनिक यातायात व्यवसायलाई प्रभावित पार्ने भन्दै कडा आपत्ति जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण