१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेख हसिनामाथि १४०० जनाको हत्याको आरोप, सुनुवाइ प्रक्रिया अघि बढ्दै

१९ जेष्ठ २०८२, आईतवार १६:२९

काठमाडौँ | बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराध अन्तर्गतको अभियोगमा सुनुवाइ हुने भएको छ। हसिनामाथि सन् २०२४ मा विद्यार्थी नेतृत्वको जनविद्रोह दबाउन राज्यस्रोतको दुरुपयोग गर्दै प्रहरीद्वारा गरिएको दमन, अन्यायपूर्ण कारबाही र प्रदर्शनकारीको हत्यामा संलग्नता रहेको आरोप लागेको छ।

बंगलादेशको आन्दोलन उत्कर्षमा पुगेपछि गत अगस्टमा ७७ वर्षीया हसिना हेलिकप्टरमार्फत भारत गएकी थिइन्। अहिले पनि उनी भारतमै निर्वासित जीवन बिताइरहेकी छन्। ढाकास्थित अदालतले उनको अनुपस्थितिमा सुनुवाइ अगाडि बढाउने तयारी गरेको छ।

 

‘पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अभियोग पत्र आइतबार दर्ता गरिनेछ,’ अभियोजन टोलीका सदस्य गाजी एमएच तमिमले भने। संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०२४ को जुलाईदेखि अगस्टसम्म चलेको दमनात्मक अभियानमा कम्तीमा एक हजार चार सयको मृत्यु भएको थियो। घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी)ले हसिनाको अपदस्थ सरकार र अवामी लिगसँग सम्बद्ध पूर्व वरिष्ठ अधिकारीहरू विरुद्ध अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढाइरहेको छ।

मुख्य अभियोजक ताजुल इस्लामका अनुसार हसिनामाथि ‘दुरुत्साहन, उक्साहट, संलग्नता, सूत्रधार हुनु’ तथा ‘सामूहिक हत्या रोक्न असफल भएको’ जस्ता पाँचवटा मुख्य अभियोग लगाइएको छ।

अनुसन्धानकर्ताहरूले मुद्दाका प्रमाणस्वरूप भिडियो फुटेज, अडियो रेकर्ड, टेलिफोन वार्तालाप, हेलिकप्टर र ड्रोन गतिविधिको डेटा तथा पीडितहरूको बयान संकलन गरेका छन्। हसिनाले यी सबै आरोपहरूलाई राजनीति प्रेरित बताउँदै अस्वीकार गरेकी छन्। उनका अनुसार यी कारबाहीहरू उनको छबिमा धक्का पुर्‍याउने उद्देश्यले चलाइएको षड्यन्त्र हुन्।

यसै मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुनसमेत मुछिएका छन्। आइसीटीले मे २५ मा बंगलादेशको इतिहासमा पहिलोपटक गत अगस्ट ५ को घटनामा प्रदर्शनकारीको हत्या अभियोगमा आठ जना प्रहरी अधिकारीविरुद्ध सुनुवाइ सुरु गरिसकेको छ। तीमध्ये चार जना हिरासतमा छन् भने बाँकी चार जनाको अनुपस्थितिमा मुद्दा अघि बढाइएको छ।

शेख हसिनाले सन् २००९ मा आइसीटी स्थापना गरेर १९७१ को स्वतन्त्रता संग्राममा पाकिस्तानी सेनाद्वारा भएका अपराधको छानबिन गराएकी थिइन्। तर, यो न्यायाधिकरणमार्फत उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्ष्य बनाएको आरोप पनि लाग्दै आएको छ।

आगामी सन् २०२६ को जुनअघि निर्वाचन गर्ने प्रतिबद्धता जनाएको अन्तरिम सरकारले यस्ता मुद्दालाई निष्पक्षरूपमा टुंग्याउने प्रयास गरिरहेको बताइएको छ। सरकारी स्वामित्वको बंगलादेश टेलिभिजनमार्फत मुद्दाको प्रत्यक्ष प्रसारण हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल