२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटक सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न आग्रह

१९ जेष्ठ २०८२, आईतवार १७:०८

काठमाडौँ | पोखरा पर्यटन परिषद्ले हालै देखिएको सार्वजनिक यातायात अवरोधको क्रममा पर्यटक सवारीसाधनहरूलाई बाधारहित सञ्चालन गराउन सबै पक्षसँग आग्रह गरेको छ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा तथा गण्डकी प्रदेशमा पर्यटक सवारीसाधनको सञ्चालनमा आएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “बन्द तथा हडतालका समयमा समेत पर्यटक सवारीसाधनलाई निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक वातावरण तयार पार्न सार्वजनिक यातायात बचाउ संघर्ष समिति तथा सरोकारवाला सबै पक्षसँग हार्दिक अपिल गर्दछौँ।”

परिषद्ले यस्ता अवरोधले गण्डकी प्रदेशको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पार्ने मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकहरूबीच नकारात्मक सन्देश प्रवाह हुने चेतावनी दिएको छ। साथै, पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको मुख्य आधारको रूपमा व्याख्या गर्दै यसको व्यवस्थापन, सुरक्षा र प्रवर्द्धन सबै सरोकारवालाको साझा दायित्व रहेको उल्लेख गरिएको छ।

बन्दजस्ता गतिविधि समस्याको समाधान नभएको उल्लेख गर्दै परिषद्ले शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माणमा सबै निकायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव