2026-10-07 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटक सवारीसाधनलाई निर्बाध सञ्चालन गर्न आग्रह

काठमाडौँ | पोखरा पर्यटन परिषद्ले हालै देखिएको सार्वजनिक यातायात अवरोधको क्रममा पर्यटक सवारीसाधनहरूलाई बाधारहित सञ्चालन गराउन सबै पक्षसँग आग्रह गरेको छ।

परिषद्का अध्यक्ष तारानाथ पहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै पर्यटन राजधानी पोखरा तथा गण्डकी प्रदेशमा पर्यटक सवारीसाधनको सञ्चालनमा आएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “बन्द तथा हडतालका समयमा समेत पर्यटक सवारीसाधनलाई निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक वातावरण तयार पार्न सार्वजनिक यातायात बचाउ संघर्ष समिति तथा सरोकारवाला सबै पक्षसँग हार्दिक अपिल गर्दछौँ।”

परिषद्ले यस्ता अवरोधले गण्डकी प्रदेशको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पार्ने मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकहरूबीच नकारात्मक सन्देश प्रवाह हुने चेतावनी दिएको छ। साथै, पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको मुख्य आधारको रूपमा व्याख्या गर्दै यसको व्यवस्थापन, सुरक्षा र प्रवर्द्धन सबै सरोकारवालाको साझा दायित्व रहेको उल्लेख गरिएको छ।

बन्दजस्ता गतिविधि समस्याको समाधान नभएको उल्लेख गर्दै परिषद्ले शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माणमा सबै निकायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’