२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गृह मन्त्रालयले गर्यो, चार प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिव सरुवा

२०८२, १९ जेष्ठ आईतवार १७:५३

काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ जना सहसचिवको सरुवा गरेको छ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको निर्णयानुसार बर्दिया, कास्की, धनुषा र पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो।

गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की स्थानान्तरण गरिएको छ भने कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ।

त्यस्तै, मन्त्रालयमा जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको सिडिओ बनाइएको छ। धनुषामा कार्यरत रामुराज कडरीयालाई मन्त्रालय बोलाएर, शंकरहरि शर्मालाई त्यहाँको सिडिओका रूपमा पठाइएको छ।

यसैगरी, सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयको यो निर्णय प्रशासनिक पुनःसंरचना र जिल्लास्तरीय कार्यसम्पादन सुदृढीकरणका लागि गरिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण