२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र

२० जेष्ठ २०८२, सोमबार १२:२५

काठमाडौँ | ‘नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्च’ नामक एक राजसंस्था समर्थक समूहले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र पठाएको छ।

हाल काठमाडौँमा हिन्दु राष्ट्र र राजसंस्थाको समर्थनमा जारी प्रदर्शनहरूसँग मेल खाने गरी सो मञ्चले भारतको राजधानी नयाँ दिल्लीस्थित ‘प्रेस क्लब अफ इण्डिया’ मा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सो अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न अन्तर्राष्ट्रिय स्तरमा नैतिक, कूटनीतिक तथा रणनीतिक समर्थन प्रदान गर्न आग्रह गरिएको जनाइएको छ।

मञ्चका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डा. इन्जिनियर विष्णुप्रसाद बरालले , गणतन्त्र स्थापना भएको १७ वर्षमा नेपालले अपेक्षित विकास र स्थायित्व हासिल गर्न नसकेको दाबी गर्दै हिन्दु राष्ट्रसहितको राजसंस्था आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन्।

उनले भारतबाट अन्तर्राष्ट्रिय दबाब सृजना गर्न सुरु गरिएको, सोही अभियान अन्तर्गत भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…