१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘नेपाली भाइ’का कारण चर्चामा सलमान खान, को हुन् त नेपाली भाइ ?

२० जेष्ठ २०८२, सोमबार १४:४४

काठमाडौँ । बलिउड अभिनेता सलमान खान यतिबेला भारतीय सञ्चारमाध्यममा ‘नेपाली भाइ’का कारण चर्चामा छन् । सलमान खानले आफ्नो परिवारमा एक जना नेपाली भाइ रहेको खुलासा गरेको समाचार सोमबार विभिन्न भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले आफू सानो छँदाको स्मरण सुनाएका हुन् । त्यतिबेला आफ्ना काकाले टेसु नाम गरेका एक नेपालीलाई धर्मपुत्रका रूपमा पालेको सलमानले बताएका हुन् ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार त्यतिबेला टेसु पनि सानै थिए । उनी सलमानकै आवासीय बिल्डिङको चौथो तलामा घरेलु कामदारका रूपमा बस्दै आएका थिए । टेसुलाई कुनै कारणवस उसको साहुले त्यतिबेला निकालिदिएका थिए । त्यसपछि सलमानको काकाले उनलाई असहाय अवस्थामा फेला पारेर आफूसँगै ल्याएका थिए ।

सलमानका अनुसार उनका काकाले टेसुलाई इन्दौरमा आफूसँगै लगे । काकाले उनलाई धर्मपुत्रजस्तै गरी राखेको र छोराकै हैसियतमा जायजेथासमेत उपलब्ध गराएको सलमानले खुलासा गरेका छन् । यस अर्थमा टेसु आफ्नो भाइ रहेको सलमानले प्रस्ट पारेका छन् ।

यद्यपि, टेसुको नेपालमा को–को छन्, उनको ठेगाना कहाँ हो भन्ने खुलाइएको छैन । हाल उनी इन्दौरमै रहेको बताइएको छ । उनले विवाह गरिसकेको र तीन सन्तानका पिता रहेको सलमानले खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ