२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वाईसीएल सम्मेलनका प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा, सहमति नजुटे आजै चुनावको तयारी

२०८२, २२ जेष्ठ बुधबार १२:५३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन जारी रहेको छ। तर, सम्मेलनका लागि प्रतिनिधिको टुंगो अझै पूर्ण रूपमा लागेको छैन।

प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ, तर सहमति नजुटेमा मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी संगठनले गरेको छ।

वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा “दीपशिखा” का अनुसार प्रतिनिधिहरूको नाम रुजु गर्ने कार्य जारी छ। प्रतिनिधिहरूको अन्तिम सूची तयार भएपछि मात्रै सहमतिको प्रयास वा आवश्यक परे निर्वाचन प्रक्रियामा प्रवेश गरिनेछ।

महाधिवेशनका लागि प्रारम्भिक रूपमा १,६०० जनाको नामावली तयार गरिएको थियो। तर, प्रतिनिधि अन्तिम रूपमा सशुल्क कार्ड लिनेसँगै टुंगो लाग्ने बताइएको छ। हालसम्म प्रतिनिधिको संख्या १,००० देखि १,२०० को हाराहारीमा हुने अनुमान गरिएको छ।

आइतबारदेखि सुरु भएको सम्मेलनमा अध्यक्ष पदका लागि १३ जनाले आकांक्षा व्यक्त गरेका छन्। वाईसीएलको केन्द्रीय समिति र पदाधिकारीहरूको बैठकमा नाम संकलन गर्ने क्रममा अध्यक्षका लागि १३ जनाले उम्मेदवारी दिएका हुन्।

संगठनले सहमतिको माध्यमबाट नेतृत्व चयन गर्न प्राथमिकता दिए पनि आवश्यकता परेमा लोकतान्त्रिक प्रक्रिया अपनाइने स्पष्ट पारेको छ। सम्मेलनका बाँकी कार्यसूचीहरू प्रतिनिधि टुंगोपछि अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन