२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसा प्रकरणको असर : नेपालीलाई भिसा प्रक्रियामा अमेरिकाको कडाइ

२०८२, २२ जेष्ठ बुधबार १३:५१

काठमाडौं । भिजिट भिसाका नाममा अवैध रूपमा लाखौं रुपैयाँ असुली भइरहेको विवरण सार्वजनिक भएपछि अमेरिकी दूतावासले नेपाली नागरिकहरूका लागि भिसा प्रक्रिया झन कडा बनाएको छ।

गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भनिएको भिजिट भिसा प्रकरणको प्रभावस्वरूप अमेरिका जान चाहने नेपाली नागरिकहरूलाई अब थप कडाइका साथ सुरक्षा परीक्षणको प्रक्रिया पूरा गर्नुपर्नेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितको संलग्नतामा भिजिट भिसामा विदेश जान चाहनेबाट दैनिक ५० लाख रुपैयाँभन्दा बढी रकम असुलिने गरेको प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस घटनामा गृहमन्त्री लेखकका सचिवालयका सदस्यहरू पनि संलग्न रहेको भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

यही सन्दर्भमा काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाली नागरिकहरूको भिसा आवेदनमा कडाइ गरिएको जानकारी दिएको हो। दूतावासले कानुनी निकायका रेकर्ड, आतंकवादविरोधी डाटाबेस तथा अन्य सुरक्षासम्बन्धी स्रोतहरूमार्फत आवेदकको विस्तृत पृष्ठभूमि परीक्षण गरिने स्पष्ट पारेको छ।

“प्रत्येक आवेदकले कडा सुरक्षा जाँच प्रक्रिया पार गर्नुपर्छ,” दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “सबै सुरक्षा जाँच पूर्णरूपमा सम्पन्न नभएसम्म र आशंका हटेसम्म भिसा जारी गरिने छैन।”

दूतावासले अमेरिकाको राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकता दिइने जनाउँदै सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने स्पष्ट पारेको छ।

यो कदम अमेरिकी सरकारद्वारा आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न अपनाइएको प्रमुख उपायका रूपमा हेरिएको छ।

यसबीच गृहमन्त्रीमाथि लागेको आरोपको राजनीतिक प्रभावसमेत देखिन थालेको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू मन्त्री लेखकको बचाउमा उत्रिएका छन् भने प्रतिनिधि सभाको बैठकमा यस विषयले अवरोध सिर्जना गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन