२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सभामुखको पहलमा बसेको बैठक निष्कर्षविहीन, सदनको अवस्था अन्योलमा

२०८२, २२ जेष्ठ बुधबार १४:४२

काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठक निष्कर्षविहीन बनेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन्।

सभामुख घिमिरेले सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएर बुधबार बिहान संसद् सञ्चालनबारे सहमति खोज्ने प्रयास गरेका थिए। तर, बैठकमा कुनै ठोस सहमति जुट्न सकेको छैन।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन। मंगलबार पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो।

सत्तापक्षले गृहमन्त्री लेखकमाथि उठेका आरोपहरूबारे उनले स्वयं संसद्मा जवाफ दिन पाउनुपर्ने अडान लिएको छ। तर, विपक्षी दलहरू गृहमन्त्रीको सम्बोधनभन्दा पहिले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गरी स्पष्ट कार्यादेश (टीओआर) सहित सरकार प्रस्तुत हुनुपर्ने मागमा अडिग छन्।

यसबीचमा सदनको कार्यसूची अन्योलमा परेको छ भने बजेट सम्बन्धी महत्त्वपूर्ण छलफलहरू पनि प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन