२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरजग्गा कारोबारमा कडाइ : ५० लाखसम्मको कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य

२२ जेष्ठ २०८२, बुधबार १५:१३

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा खरिद–बिक्रीलाई थप पारदर्शी र नियमनमा ल्याउने उद्देश्यसहित नयाँ निर्देशिका कार्यान्वयनमा ल्याएको छ।

‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०८२’ लागू भएसँगै यसअगाडि २०८१ जेठ १७ मा जारी निर्देशन खारेज गरिएको विभागले जनाएको छ। निर्देशन जेठ १३ गते स्वीकृत भई हालदेखि कार्यान्वयनमा आइसकेको छ।

यसअनुसार अबदेखि घरजग्गा खरिद–बिक्री गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा केवाईसी (KYC) फारम भर्नुपर्नेछ। उक्त फारम भू–सेवा केन्द्रहरूमा सिस्टममा अपलोड गर्नुपर्नेछ, जहाँ केन्द्र लागू नभएको अवस्थामा सम्बन्धित कार्यालयको सर्भिस डेस्कमार्फत फारम भर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार अब १० लाखदेखि ५० लाख रुपैयाँसम्मको घरजग्गा कारोबार बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्नेछ। त्यस्तै, ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गुड फर पेमेन्ट चेकमार्फत मात्र गर्न पाइनेछ, जसमा चेक बिक्रीकर्ताको नाममा हुनु अनिवार्य छ।

त्यसैगरी, सूचक संस्थाले घरजग्गा कारोबार गर्दा खरिदकर्ताको खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) समेत लिखतसाथ संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ।

१० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने दस्तुर तथा रजिस्ट्रेसन शुल्क खरिदकर्ताको खाताबाट र लाभकर बिक्रीकर्ताको खाताबाट सरकारी राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकिङ प्रणालीमार्फत रकम भुक्तानी भएको प्रमाण नभएको अवस्थामा, कारोबार दर्ता प्रक्रियामा जान नपाउने व्यवस्था समेत स्पष्ट गरिएको छ।

साथै, एक दिनमा ३ करोड रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्ने व्यक्तिहरूको विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (FIU) मा अनिवार्य रूपमा पठाउनु पर्नेछ। त्यस्तै, कुनै पनि कारोबार शंकास्पद देखिएमा सूचक संस्था तथा सम्बन्धित कार्यालयले उक्त विवरण FIU मा प्रतिवेदन गर्नु पर्नेछ।

सरकारले ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’ को दफा ७(न) को उपदफा (२) अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई नियमनकारी निकायका रूपमा तोकेको छ।

नेपाल हाल द फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेकाले, पारदर्शिता सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुधारका कार्यक्रमहरू अघि बढाइरहेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत (एफएटीएफ) को ग्रे लिस्टबाट नेपाललाई चाँडै बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन्। सोही रणनीति अन्तर्गत घरजग्गा कारोबार नियमनमा कडाइ गरिएको हो।

विभागले निर्देशिका कार्यान्वयनको अनुगमन स्वयम् गर्ने र उल्लंघन भएमा प्रचलित ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। सरकारको अपेक्षा अनुसार, यसले सम्पत्ति कारोबारमा पारदर्शिता बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल