२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रदेश समाचार

मधेसका तत्कालीन अर्थमन्त्रीलगायतविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

२०८२, २२ जेष्ठ बुधबार १६:२०

काठमाडौँ । सर्प विष संकलन तथा प्रशोधन केन्द्र स्थापनाको नाममा सरकारी रकम दुरुपयोग प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले मधेस प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मान बहादुर खड्कालगायतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

प्रकरण मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा आधारित छ। नेपाल सरकार र प्रदेश सरकारको लागत साझेदारीमा सर्प विष संकलन, प्रशोधन तथा उत्पादन केन्द्र निर्माण गर्न विनियोजित रकम झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालू नामक गैरसरकारी संस्थारकम्पनीलाई उपलब्ध गराइएको थियो। तर संस्थाको लागत साझेदारी शून्य रहेको अवस्थामा पनि रकम दिइएकाले यो कार्य प्रचलित कानुन विपरीत भएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो।

२०८१ साल असार २५ गते, विशेष अदालत, काठमाडौंले सो मुद्दामा आंशिक सफाइ दिएपछि आयोगले बुधबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अख्तियारले प्रतिवादीहरूलाई कैद, जरिवाना तथा दुरुपयोग भएको रकम असुलउपर गर्न माग गर्दै पुनरावेदन दर्ता गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन