२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजावादी आन्दोलन अब पालिकातिर विकेन्द्रित

२२ जेष्ठ २०८२, बुधबार १८:१७

काठमाडौँ । राजावादी दल तथा समूहको आन्दोलन अब स्थानीय तहतर्फ विकेन्द्रित हुने भएको छ।

राजतन्त्र पुनःस्थापना, हिन्दू अधिराज्य घोषणा तथा संघीयता खारेजीका लागि जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका राजावादी दल तथा समूहहरूले अब काठमाडौँका पालिका तथा विभिन्न सहरहरूमा आन्दोलन गर्ने जनाएका हुन्।

बुधबार बसेको संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई स्थानीय तहतर्फ विकेन्द्रित गर्ने निर्णय गरेको हो।

 

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भएको संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुवेदी एक्लै अघि बढ्न खोजेको भन्दै बिथोलियो राजावादीको आन्दोलन घोषणा कार्यक्रम

बैठकले काठमाडौ उपत्यकाको विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनलाई निरन्तर जारी राख्ने तथा काठमाडौँ अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिने संयोजक सुवेदीले जनाएका छन्।

यस्तै, आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिने, विभिन्न जिल्लाहरूमा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गरिने विज्ञप्तिमा उल्लेख छ।

देशका विभिन्न जिल्लाहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गरिने सुवेदीको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…