२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पतञ्जलि जग्गा प्रकरण: याक एण्ड यतीका सञ्चालक सराफ बाबुछोरा विरुद्ध पनि मुद्दा दायर

२४ जेष्ठ २०८२, शुक्रबार ११:४९

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा वितरण गरिएको जग्गासम्बन्धी अनियमितता प्रकरणमा याक एण्ड यती होटल तथा हायात रिजेन्सीका सञ्चालक स्व. राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफसमेत मुछिएका छन्।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सराफ बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो।

राधेश्याम सराफको २०७८ सालमै निधन भइसकेको भए पनि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनका छोरा अरुण कुमार सराफलाई बिगो असुलीका लागि प्रतिवादी बनाएको जनाएको छ।

अख्तियारका अनुसार, उनीहरूले कानूनी सीमाभन्दा बढी क्षेत्रफलको जमिन चौताराम प्रालिको नाममा दर्ता गराई पछि उक्त जग्गा पतञ्जलि योगपीठको नाममा स्थानान्तरण गरिएको थियो। चौताराम प्रा.लिका सञ्चालकका रूपमा स्व. राधेश्याम सराफमाथि समेत जिम्मेवारी तोकिएको छ।

यस प्रकरणमा आयोगले ५१ लाख रुपैयाँ बिगो असुलीको माग गर्दै कैद सजायसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…