३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँमा इन्धनबाट चल्ने आधाभन्दा बढी सवारी मापदण्ड विपरीत

२४ जेष्ठ २०८२, शुक्रबार १४:०२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको प्रदूषण परीक्षणमा इन्धनबाट सञ्चालन हुने सवारीसाधनमध्ये ५१.४६ प्रतिशत सवारीसाधन वातावरणीय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले हालै सम्पन्न गरेको स्थलगत प्रदूषण परीक्षणमा २ हजार ५ सय ३२ सवारीसाधनमध्ये १ हजार ३०३ वटा सवारीसाधन प्रदूषण मापदण्ड विपरीत रहेको निष्कर्ष निकालेको हो।

परीक्षणमा ६११ वटा पेट्रोल सवारीसाधनमध्ये ९५ वटा (१५ प्रतिशत) र १ हजार ९२१ वटा डिजेल सवारीसाधनमध्ये १ हजार २०८ वटा (६२.८८ प्रतिशत) ले तोकिएको प्रदूषण मापदण्ड उल्लंघन गरेको पाइएको छ।

काठमाडौं महानगरपालिकाले ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ र ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि, २०८१’ लाई कार्यान्वयनमा ल्याउँदै वातावरणीय सुधार तथा सहरी स्वच्छता कायम गर्न सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरिरहेको हो।

 

के छ मापदण्ड ?

‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टा-छुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ ।

जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुँवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

महानगरको वातावरण विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको समन्वयमा गत २९ पुसदेखि प्रदूषण परीक्षण सुरु गरेको हो, जसअन्तर्गत सहरका विभिन्न स्थानमा चलिरहेका सवारीसाधनहरूको प्रदूषण जाँच गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य