२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा परेका मेयर थापाको पदबाट निलम्बन नहुने, केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी

२४ जेष्ठ २०८२, शुक्रबार १४:२४

काठमाडौँ। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँगै भ्रष्टाचार मुद्दा दायर गरिएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख (मेयर) वासुदेव थापाको पद निलम्बनमा नपर्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सार्वजनिक पदधारी व्यक्ति बिरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको खण्डमा निलम्बनको व्यवस्था रहेपनि, मेयर थापा भने त्यस व्यवस्था अन्तर्गत नपर्ने अख्तियारको स्पष्टिकरण छ।

अख्तियारका सहायक प्रवक्ता एवं उपसचिव देवीप्रसाद थपलियाले थापालाई केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको बताए। त्यसकारण उनको पद स्वतः निलम्बनमा नपर्ने उल्लेख गरिएको छ। यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।

अख्तियारमा दिएको बयानमा मेयर थापाले आफूले साविक साँगा गाविस–४ (ख) को कित्ता नं. ५५२ को जग्गा डिल्लीध्वज बराइलीबाट १ करोड ३० लाख ६६ हजार रुपैयाँमा खरिद गरेको बताएका थिए। उनले सो जग्गा पतञ्जलीसँग सम्बन्धित रहेको जानकारी नपाएको र आवश्यक प्रक्रिया पुर्‍याएर खरिद गरेको दाबी गरेका छन्।

अख्तियारले मेयर थापासहित २८ जना र २ वटा कम्पनीलाई केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ। बाँकी ६३ जनालाई भने भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, कैद र जरिवानासहित प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…