२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनबारे विपक्षीको माग, सरकारबाट प्रतिबद्धता

२०८२, २४ जेष्ठ शुक्रबार १४:५७

काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ। बैठकमा भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्न सरकारले स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सम्पन्न बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका नेताहरू सहभागी थिए।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, भिजिट भिसा सम्बन्धी विवादको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको विषयमा सरकारबाट स्पष्ट प्रतिबद्धता आवश्यक रहेको विपक्षी दलको धारणा रहेको छ। बैठकमा यो विषयमा थप छलफल आवश्यक रहेको निष्कर्ष पनि निकालिएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय भए पनि त्यसअघि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको थियो। हालसम्म पनि संसद् बैठक सुचारु हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले सरकारको स्पष्ट जवाफ माग्दै आएका छन्। प्रारम्भमा गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गरिए पनि हाल विपक्षीहरू सरकारले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाए संसद् सञ्चालनमा सहयोग गर्ने अवस्थामा पुगेका छन्।

तर सत्तापक्षको धारणा अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको अवस्थामा सरकारले छुट्टै समिति गठन गर्ने आवश्यकता नरहेको बताएको छ।

सत्तापक्ष र विपक्षी दलबीच अनौपचारिक संवाद जारी रहेको र औपचारिक सहमतिका लागि थप संवाद आवश्यक देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण