२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भेरी नदीमा दुई बालबालिका बेपत्ता, एक जनाको उद्धार

२०८२, २४ जेष्ठ शुक्रबार १६:५९

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–८ स्थित मनमै नजिकको भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटना शुक्रबार दिउँसो करिब २ बजे भएको हो।

प्रहरीका अनुसार नलगाड नगरपालिका–८ मनमै र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका जोड्ने भेरी पुल नजिक तीन जना बालबालिका पौडी खेल्न गएका थिए। त्यही क्रममा नदीमा बगेर दुई बालबालिका बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा नलगाड–८ मनमै निवासी १० वर्षीय महेश कुसारी र १२ वर्षीया आशा कुसारी रहेको प्रहरीको भनाइ छ। उनीहरूसँगै पौडी खेल्न गएकी सोही ठाउँकी भगवती नेपाली भने नदीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएको छ। अहिले उनको आठबीसकोट नगरपालिका स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि बेपत्ता बालबालिकाको खोजी कार्यमा स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन