२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वाईसीएलको नयाँ नेतृत्व चयनका लागि सहमति प्रयास, साँझ ६ बजेसम्म समयसीमा

२४ जेष्ठ २०८२, शुक्रबार १७:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास जारी रहेको छ। सम्मेलन आजदेखि चाबहिलस्थित गोल्डेन पार्टी प्यालेसमा सारिएको छ।

आइतबारदेखि सुरु भएको सम्मेलन सहमति नजुट्दा शुक्रबारसम्म लम्बिएको हो। पार्टीले नयाँ नेतृत्वका लागि सहमति कायम गर्न आज साँझ ६ बजेसम्मको समय दिएको छ।

पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सहमति प्रक्रियालाई संयोजन गर्न जिम्मा दिएको छ। उनीसँगै वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र संगठन अध्यक्ष सुवोध शेर्पाली पनि सहमतिका लागि संवादमा संलग्न छन्।

अध्यक्ष शेर्पालीका अनुसार आजभित्र नेतृत्व चयनको प्रक्रिया टुंगो लाग्ने सम्भावना छ। ‘पार्टीको निर्देशन अनुसार सहमतिको अन्तिम प्रयास भइरहेको छ। अध्यक्ष पदका आकांक्षीहरूलाई मनाउने प्रयास तीव्र छ,’ उनले जानकारी दिए।

वाईसीएलका नेताहरूका अनुसार अध्यक्ष पदका आकांक्षीहरू सुरुवातमा १३ जना थिए भने अहिले त्यो संख्या घटेर तीन जनामा सीमित भएको छ। केहरसिंह कुँवर, पुष्प ओली र कर्म पुलामी ती तीन मुख्य आकांक्षी हुन्। कुँवर उपाध्यक्ष, ओली उपमहासचिव तथा पुलामी सचिवका रूपमा वर्तमान कार्यसमितिमा रहेका छन्।

तीनमध्ये एकले पनि उम्मेदवारी फिर्ता नलिएसम्म सहमति बन्न कठिन रहेको स्रोतले जनाएको छ। नेताहरूको भनाइअनुसार अध्यक्षमा सहमति जुटेपछि अन्य पदका टुंगो लगाउन कठिन नपर्ने विश्वास गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली बुझाउने समय आज साँझ ५:२० बजे तोकेको छ। यद्यपि, मतदानको समय कार्यतालिकामा उल्लेख गरिएको छैन। आयोगले मतदानको समय ‘तत्कालीन अवस्थाअनुसार’ निर्धारण गरिने जनाएको छ।

यस सम्मेलनमा देशभरबाट १,५३४ जना प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…