२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुपन्देहीमा खेतमा महिलाको जलेको अवस्थामा शव फेला, श्रीमान् प्रहरी नियन्त्रणमा

२०८२, २६ जेष्ठ आईतवार १२:०९

काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ अन्तर्गत मर्चवार क्षेत्रमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्। २२ वर्षीया सिर्जना पालको शव घरदेखि करिब १ किलोमिटर टाढा खेतमा भेटिएको छ।

घटनापछि प्रहरी प्रशासनले अनुसन्धान प्रारम्भ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सिर्जनाका पति प्रमोद पाललाई नियन्त्रणमा लिइएको छ।

रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाका अनुसार राति करिब ३ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानमा सहयोग गर्न प्रयोग गरिएको तालिमप्राप्त कुकुरले सिर्जनाको घरसम्म पुर्‍याएको, जसका आधारमा महिलालाई सम्भवतः घरबाटै घटनास्थलसम्म पुर्‍याइएको अनुमान गरिएको छ।

डीएसपी सापकोटाले, कुकुरले घरसम्म पुर्‍याएपछि महिलालाई घरबाटै लगिएको हुन सक्ने देखिन्छ, तर यो हत्या हो वा आत्महत्या भन्ने बारे अहिले निष्कर्षमा पुग्न सकिने अवस्था छैन र अनुसन्धान जारी रहेको जनाएका छन्।

प्रमोदले प्रारम्भिक बयानमा श्रीमतीसँगै सुतिरहेको अवस्थामा घटना भएको बताएका छन्।

सम्मरीमाई–५ का वडाध्यक्ष श्रवणकुमार यादवका अनुसार सिर्जना र प्रमोदको विवाह करिब १५ महिना अघि भएको हो। प्रमोदले तिलोत्तमा नगरपालिकाकी माधव गडेरियाकी छोरी सिर्जनासँग मागी विवाह गरेका थिए। दम्पतीको सन्तान भने थिएन।

वडाध्यक्ष यादवले बताएअनुसार घटना हुनुभन्दा केही घण्टा अघि राति ९ बजेसम्म सिर्जनाले माइती पक्षसँग फोनमार्फत कुरा गरेकी थिइन्। घरायसी विवादका बारेमा खासै जानकारी नरहेको र घटनाको यथार्थ अनुसन्धानपछि मात्र खुल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण