२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दाङमा बस दुर्घटना : २५ भन्दा बढी घाइते, केहीको अवस्था गम्भीर

२६ जेष्ठ २०८२, आईतवार १२:४७

काठमाडौँ । दाङ जिल्लामा भएको बस दुर्घटनामा २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरियामा ना १ ख ४००९ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ।

घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

दंगीशरण गाउँपालिकाको गोलटाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको बस बखरिया ओरालोमा अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खस्दा दुर्घटना भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको नेतृत्वमा प्रहरी टोली घाइतेहरूको उद्धारमा खटिएको छ।

दुर्घटनासम्बन्धी थप विवरणहरू संकलन गर्ने कार्य जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…