२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूमिसम्बन्धी विधेयक चाँडै पारित हुने प्रधानमन्त्री ओलीको आश्वासन

२०८२, २६ जेष्ठ आईतवार १३:११

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूबीच आयोगको हालसम्मको कार्य प्रगतिबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्बन्धी योजना तयार पारेर तीनै तहका सरकारसँग सहकार्यमा कार्यान्वयन भइरहेको जानकारी गराएको हो।

छलफलमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थिति रहेको थियो। आयोगका अध्यक्ष हरिप्रसाद रिजालले कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी वा पर्ति जमिनमा बसोबास गरिरहेका व्यक्तिहरूलाई अव्यवस्थित बसोबासीका रूपमा पहिचान गर्ने मापदण्ड तयार पारिएको जानकारी गराए। त्यस्तै, दस वर्षदेखि कुनै निश्चित स्थानमा बसोबास गर्दै आएका तर अन्य सरकारी जमिन नपाएका नागरिकलाई भूमिहीन सुकुम्बासीको रूपमा वर्गीकृत गरिने उल्लेख छ।

आयोगका पदाधिकारीहरूले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्नेसम्बन्धी विधेयक पारित भएपश्चात काम अझ सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले उक्त विधेयक चाँडै पारित हुनेमा विश्वास व्यक्त गर्दै आयोगलाई भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापनका कामलाई योजनाबद्ध र तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।

नेपाल सरकारले २०८१ सालको कात्तिक १४ गते भूमि समस्या समाधान आयोग गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन