२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूमिसम्बन्धी विधेयक चाँडै पारित हुने प्रधानमन्त्री ओलीको आश्वासन

२६ जेष्ठ २०८२, आईतवार १३:११

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूबीच आयोगको हालसम्मको कार्य प्रगतिबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्बन्धी योजना तयार पारेर तीनै तहका सरकारसँग सहकार्यमा कार्यान्वयन भइरहेको जानकारी गराएको हो।

छलफलमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थिति रहेको थियो। आयोगका अध्यक्ष हरिप्रसाद रिजालले कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी वा पर्ति जमिनमा बसोबास गरिरहेका व्यक्तिहरूलाई अव्यवस्थित बसोबासीका रूपमा पहिचान गर्ने मापदण्ड तयार पारिएको जानकारी गराए। त्यस्तै, दस वर्षदेखि कुनै निश्चित स्थानमा बसोबास गर्दै आएका तर अन्य सरकारी जमिन नपाएका नागरिकलाई भूमिहीन सुकुम्बासीको रूपमा वर्गीकृत गरिने उल्लेख छ।

आयोगका पदाधिकारीहरूले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्नेसम्बन्धी विधेयक पारित भएपश्चात काम अझ सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले उक्त विधेयक चाँडै पारित हुनेमा विश्वास व्यक्त गर्दै आयोगलाई भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापनका कामलाई योजनाबद्ध र तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।

नेपाल सरकारले २०८१ सालको कात्तिक १४ गते भूमि समस्या समाधान आयोग गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन