२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली सेनाद्वारा गाजातर्फ गइरहेको सहायता योट रोकेको एफएफसीको दाबी

२७ जेष्ठ २०८२, सोमबार १२:००

काठमाडौँ । गाजा पट्टीतर्फ मानवीय सहायता लिएर गइरहेको मेडेलिन नामक जहाजलाई इजरायली सेनाले रोकिएको फ्रीडम फ्लोटिला कोलिशन (एफएफसी) ले जनाएको छ। एफएफसीका अनुसार, उक्त जहाजसँग सम्पर्क टुटेको छ।

एफएफसीले टेलिग्राममार्फत एउटा तस्बिर सार्वजनिक गरेको छ, जसमा लाइफ ज्याकेट लगाएका केही मानिसहरू हात उठाएर बसेको देखिन्छ। तर, तस्बिरको यथार्थता कुनै स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन।

उक्त जहाजमा अन्तर्राष्ट्रिय वातावरणीय अभियन्ता ग्रेटा थनबर्ग पनि सवार रहेको जानकारी एफएफसीले दिएको छ। योट इजिप्टको तट नजिक रहेको अनुमान गरिएको छ।

यसबीच, इजरायलको विदेश मन्त्रालयले एक्समार्फत भिडियो सार्वजनिक गर्दै जहाजमा सवार सबै व्यक्तिहरू सुरक्षित रहेको जनाएको छ। मन्त्रालयका अनुसार यात्रुहरूलाई स्यान्डविच र पिउने पानी उपलब्ध गराइएको छ।

इजरायली सेनाले उक्त जहाजलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको भन्दै चेतावनी दिएको थियो। इजरायलले गाजामा हतियार आपूर्तिलाई रोक्न नाकाबन्दी आवश्यक रहेको तर्क गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…