२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध घुस सम्बन्धी मुद्दा दर्ता गर्दै अख्तियार

२०८२, २७ जेष्ठ सोमबार १२:१५

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा घुससम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ।

कर्जा प्रवाहका क्रममा घुस तथा कमिसन लिएको उजुरीका आधारमा गरिएको छानबिनपछि अख्तियारले मुद्दा दर्ता गर्ने तयारी गरेको हो। डा. अधिकारीलाई अख्तियारले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कर्जाबापत कमिसन संकलन गर्दै आएको तथ्य पता लागेको छ।

अख्तियारको छानबिनपछि नेपाल राष्ट्र बैंकले पनि डा. अधिकारीमाथि कारबाही गरिसकेको छ। केन्द्रीय बैंकले उनीमाथि अनुचित क्रियाकलाप गरेको ठहर गर्दै जरिवाना तिराउनका साथै अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो। सो निर्देशनपछि डा. अधिकारी अध्यक्ष पदबाट निष्काशित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन