२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध घुस सम्बन्धी मुद्दा दर्ता गर्दै अख्तियार

२७ जेष्ठ २०८२, सोमबार १२:१५

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा घुससम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ।

कर्जा प्रवाहका क्रममा घुस तथा कमिसन लिएको उजुरीका आधारमा गरिएको छानबिनपछि अख्तियारले मुद्दा दर्ता गर्ने तयारी गरेको हो। डा. अधिकारीलाई अख्तियारले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीहरूबाट कर्जाबापत कमिसन संकलन गर्दै आएको तथ्य पता लागेको छ।

अख्तियारको छानबिनपछि नेपाल राष्ट्र बैंकले पनि डा. अधिकारीमाथि कारबाही गरिसकेको छ। केन्द्रीय बैंकले उनीमाथि अनुचित क्रियाकलाप गरेको ठहर गर्दै जरिवाना तिराउनका साथै अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो। सो निर्देशनपछि डा. अधिकारी अध्यक्ष पदबाट निष्काशित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…