२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मेनपावर नवीकरणका लागि गुगल लोकेसन अनिवार्य

२७ जेष्ठ २०८२, सोमबार १३:२६

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त श्रम संस्थाहरू (मेनपावर कम्पनी) लाई नवीकरणको प्रक्रियामा गुगल लोकेसन (गुगल प्लस कोड) अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै, सम्बन्धित संस्थाले आफनो डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड अनिवार्य रूपमा बुझाउनुपर्ने र उक्त लोकेसन संस्थाको वेबसाइटमा पनि प्रष्ट रूपमा राख्नुपर्ने प्रावधान गरिएको जानकारी दिएको छ।

वैदेशिक रोजगार ऐन, २०६४, नियमावली २०६४ र सुशासन ऐन, २०६४ लगायत प्रचलित कानुनअनुसार, इजाजतप्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गराउनुपर्ने व्यवस्थाअनुसार यो नयाँ शर्त लागू गरिएको हो।

यो व्यवस्था निम्न श्रेणीका संस्थाहरूमा लागू हुनेछ:

  • वैदेशिक रोजगारको स्वीकृति प्राप्त संस्था (मेनपावर)
  • तिनीहरूको शाखा कार्यालयहरू
  • अभिमुखीकरण तालिम दिने संस्था
  • केयरगिभर तथा घरेलु कामदार सम्बन्धी सिप विकास तालिम केन्द्रहरू
  • वैदेशिक रोजगारमा जान तयार कामदारहरूलाई सिपमूलक तालिम दिने संस्था
  • तोकिएका देशहरूमा कामदार पठाउन सूचीकृत संस्थाहरू

विभागले नवीकरण प्रक्रियामा ढिलाइ वा नियम पालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

नवीकरणका लागि आवश्यक कागजातहरूसँगै:

  • गुगल प्लस कोडसहितको गुगल म्याप लोकेसन
  • संस्थाका सञ्चालक र कार्यरत कर्मचारीहरूको विवरण

अन्य सम्बन्धित विवरणहरू पनि निवेदनसहित पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…