३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बिमा र बस्ती स्थानान्तरण

२७ जेष्ठ २०८२, सोमबार १५:२०
 काठमाडौं । कोशी प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरण गर्नका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरू गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्बाट प्रदेशमा हुने क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरू भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बोलाइएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले विपद्को क्षति कम गर्नका लागि विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले चालु आर्थिक वर्षमा वितरण गरिएको रु ७५ लाख ८० हजार बराबरको खर्चसमेत अनुमोदन गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्य योजना २०८२/८३ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले विपद् बीमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
मुख्यमन्त्री कार्कीले बजेट र कार्यक्षमता हेरेर विपद् व्यवस्थापनको काममा तत्कालै जुट्न आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी बाढीपहिरो चट्याङ र विस्फोटमा परी मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ ।
त्यस्तै, निजी आवास बनाउन रु ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिनुभयो । कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब चार हजार १५१ परिवारहरू रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ