२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रेमिकाले अर्कैसँग बिहे गरेपछि, नग्न तस्विर पठाउने युवकविरुद्ध साइबर अपराधको मुद्दा

२७ जेष्ठ २०८२, सोमबार १७:५९

काठमाडौँ । करिब चार वर्षअघिको चिनजानबाट सुरु भएको प्रेम सम्बन्ध अन्ततः एक युवालाई कानुनी कारबाहीमा तानिएको छ। सामाजिक सञ्जालमार्फत विकसित भएको सम्बन्धमा एक युवतीसँगको व्यक्तिगत तस्बिर र भिडिओ सार्वजनिक गर्ने धम्की दिएका टोखा नगरपालिका–१ झोरका २९ वर्षीय प्रकाश(नाम परिवर्तन) अधिकारीविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको हो।

प्रकाश र उषा पौडेल (नाम परिवर्तन) बीचको सम्बन्ध समयसँगै घनिष्ठ हुँदै गएको थियो। भिडियो कलमार्फत संवाद हुँदै गर्दा उनीहरूबीच व्यक्तिगत सामग्री आदानप्रदान पनि भएको थियो। प्रकाशले ती तस्बिर तथा भिडिओहरू आफ्नो मोबाइलमा सुरक्षित राखेका थिए। तर, समयक्रममा युवतीले अर्कै व्यक्तिसँग विवाह गर्ने निर्णय लिँदा सम्बन्धमा दरार आयो।

प्रकाशको दाबीअनुसार युवतीले स्टार्टिंगमा सम्बन्धलाई निरन्तरता दिने भनिए पनि २०८२ साल वैशाख २३ गते अर्कैसँग विवाह गरेपछि आफू ठगिएको महसुस गरेका थिए। सोही भावनात्मक आवेगमा उनले युवतीलाई व्यक्तिगत सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

विवाह भएको केही दिनमै उनले ती तस्बिर र भिडिओहरू युवतीका भिनाजुलाई सामाजिक सञ्जालमार्फत पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ। पीडित पक्षले त्यसपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

१ जेठ २०८२ मा प्रहरीको साइबर ब्युरोले प्रकाशलाई नियन्त्रणमा लिएको थियो। मोबाइल जाँचका क्रममा प्रकाशको फेसबुक खाता खुल्ला अवस्थामा भेटिएको र त्यसमार्फत अश्लील सामग्रीहरू प्रसारण गरिएको पुष्टि भएको हो।

प्राप्त प्रमाण र प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दायर गरेको छ।

अभियोग पत्रमा उल्लेख भएअनुसार, प्रकाशले पीडितलाई मानसिक पीडा, सामाजिक बेइज्जती तथा चरित्र हत्या गर्ने खालको कार्य गरेकाले ऐन बमोजिम पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ। साथै, प्रयोग गरिएको मोबाइल जफत गर्न र पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप रकम भराउने मागसमेत राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु