२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अनेरास्ववियुको नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

२०८२, २८ जेष्ठ मंगलवार १३:२४

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन समितिले मतदान प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

बन्द सत्रमा अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष भानुभक्त ढकालले सर्वसम्मतिको प्रयासस्वरूप अध्यक्ष पदमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, तथा महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेका थिए। तर आकांक्षी पक्षहरूबीच सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।

पार्टी नेतृत्वले नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिए पनि अध्यक्ष पदका दाबेदार प्रकाश पौडेल र दीपक धामी पक्षले मतदानको माग गर्दै विरोध र नाराबाजी जनाएका थिए।

निर्वाचन समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन फारम आज साँझ ३ देखि ५ बजेसम्म वितरण गरिनेछ, भने ४ देखि ६ बजेसम्म दर्ता प्रक्रिया सम्पन्न हुनेछ। मतदान भने भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन