२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अनेरास्ववियुको नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

२८ जेष्ठ २०८२, मंगलवार १३:२४

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन समितिले मतदान प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

बन्द सत्रमा अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष भानुभक्त ढकालले सर्वसम्मतिको प्रयासस्वरूप अध्यक्ष पदमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, तथा महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेका थिए। तर आकांक्षी पक्षहरूबीच सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।

पार्टी नेतृत्वले नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिए पनि अध्यक्ष पदका दाबेदार प्रकाश पौडेल र दीपक धामी पक्षले मतदानको माग गर्दै विरोध र नाराबाजी जनाएका थिए।

निर्वाचन समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन फारम आज साँझ ३ देखि ५ बजेसम्म वितरण गरिनेछ, भने ४ देखि ६ बजेसम्म दर्ता प्रक्रिया सम्पन्न हुनेछ। मतदान भने भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…