२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीनकुने घटना : आज सरकारी वकिलको जवाफ, थुनछेक प्रक्रिया अन्तिम चरणमा

२०८२, ३० जेष्ठ बिहीबार ११:४४

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यस मुद्दामा बिहिबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिहरूले अदालतमा जवाफ दिँदैछन् ।

प्रतिवादीतर्फबाट वरिष्ठ अधिवक्ताहरूले बहस गरिसकेका छन्। त्यसपछि सरकारी वकिलहरूको जवाफपछि अदालतले प्रतिवादीहरूलाई थुनामा राख्ने वा रिहा गर्नेबारे निर्णय सुनाउनेछ।

यस मुद्दाको थुनछेक प्रक्रिया काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ हुँदैछ। राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरमा संलग्न भनिएका ५० जना मध्ये ३९ जना हाल थुनामा छन्।

सरकारी वकिलतर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले सहित चार जनाले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका कानुनी प्रश्नहरूमा जवाफ दिने कार्य अघि बढाएका छन्।

यसअघि दुर्गा प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी, टंक दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र मनिष पाण्डेले विस्तृत बहस गरेका थिए।

सरकारी वकिलहरूको जवाफपछि अब अदालतको आदेशमार्फत प्रतिवादीहरूको आगामी अवस्थाबारे निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन