२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशभर सुनचाँदी पसल बन्द, व्यवसायीको सरकारविरुद्ध विरोध प्रदर्शन

३० जेष्ठ २०८२, बिहीबार १२:००

काठमाडौँ । देशभरका सुनचाँदी व्यवसायीहरूले बिहीबारदेखि पसल बन्द गरी सरकारविरुद्ध आन्दोलन उत्रिएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) प्रस्ताव गरेपछि व्यवसायीहरू विरोधमा उत्रिएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघसहित देशभरका विभिन्न संघसंस्थाहरूको आह्वानमा पसल बन्द गरिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले उक्त बजेटमार्फत सुनमा विलासिता कर थपिएको छ भने गहनामा प्रयोग हुने हिरा तथा बहुमूल्य रत्नमा १३ प्रतिशत भ्याट प्रस्ताव गरिएको छ,जसले गर्दा सम्पूर्ण सुनचाँदी व्यवसाय नै संकटमा पार्ने खतरा देखिएको बताएका छन्।

व्यवसायीहरूको मुख्य मागहरूमा सुनको भन्सार दर ६ प्रतिशतमै सीमित राखिनु पर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गरिनु पर्ने रहेका छन्।

सरकारले व्यवसायको दीर्घकालीन सम्भावना र रोजगारीमा पर्ने असरलाई ध्यानमा राखेर नीति निर्माणसमेत व्यवसायीहरूको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु