2026-09-15 01:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल महिला टोलीको फिफा रंकिंग घट्यो

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा रंकिंग एक स्थानले घटेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ रंकिंग सूचीअनुसार नेपाल ९९ औँ स्थानबाट झरेर अहिले १०० औँ स्थानमा पुगेको छ।

सन् २०२५ मा थाइल्यान्डसँग खेलेको एक मात्र मैत्रीपूर्ण खेल २–० ले गुमाएपछि नेपालको रंकिंग घटेको हो। नेपाललाई पराजित गरेको थाइल्यान्ड भने एक स्थान उक्लिएर ४६ औँ स्थानमा पुगेको छ। थाइल्यान्डले सन् २०२५ मा तीन खेल खेलेको थियो।

त्यसैगरी, भारत पनि एक स्थान तल झर्दै ७० औँ स्थानमा पुगेको छ। जोर्डन ७५ औँ स्थानमा यथावत् छ भने बंगलादेशले पाँच स्थान सुधार गर्दै १२८ औँ स्थानमा उक्लिएको छ।

यसपटकको रंकिंगमा इजिप्टले उल्लेखनीय प्रगति गर्दै सात स्थानको छलाङ मारी ९३ औँ स्थानमा पुगेको छ। युएई भने पाँच स्थान घटेर ११७ औँ स्थानमा झरेको छ।

विश्व रंकिंगको शीर्षमा अमेरिका यथावत् छ भन्ने दोस्रो स्थानमा स्पेन, तेस्रोमा जर्मनी, र चार स्थान सुधार गर्दै ब्राजिल चौथो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ