३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, चक्रघट्टाका पूर्वअध्यक्षसहित १० जनामाथि मुद्दा

३० जेष्ठ २०८२, बिहीबार १७:२१

काठमाडौँ । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सौर्य बत्ती जडान कार्यक्रम अन्तर्गत छुट्याइएको बजेटलाई टुक्र्याएर खरिद गरिएको कार्यमा अनियमितता भेटिएको हो।

यस प्रकरणमा तत्कालीन अध्यक्ष यादवसँगै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, लेखापाल संजयकुमार ठाकुर, जिन्स शाखा प्रमुख रामकैलाश राय यादव, सब-इन्जिनियर सन्तोष राय र राजु रायविरुद्ध मुद्दा दायर गरिएको अख्तियार आयोगले जनाएको छ।

उनीहरूमाथि जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बिगो माग गर्दै जरिवाना माग गरिएको छ।

त्यसैगरी, स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल नामका तीन कम्पनी र तिनका प्रोप्राइटरहरू जयप्रकाश यादव, रञ्जुकुमार शाह र संगिता कुमारीलाई पनि प्रतिवादी बनाइएको छ।

तीनैजनामाथि जनही ९५ लाख २३ हजार ९१० रुपैयाँ बिगो दाबीसहित जरिवानाको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’