२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, चक्रघट्टाका पूर्वअध्यक्षसहित १० जनामाथि मुद्दा

२०८२, ३० जेष्ठ बिहीबार १७:२१

काठमाडौँ । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सौर्य बत्ती जडान कार्यक्रम अन्तर्गत छुट्याइएको बजेटलाई टुक्र्याएर खरिद गरिएको कार्यमा अनियमितता भेटिएको हो।

यस प्रकरणमा तत्कालीन अध्यक्ष यादवसँगै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, लेखापाल संजयकुमार ठाकुर, जिन्स शाखा प्रमुख रामकैलाश राय यादव, सब-इन्जिनियर सन्तोष राय र राजु रायविरुद्ध मुद्दा दायर गरिएको अख्तियार आयोगले जनाएको छ।

उनीहरूमाथि जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बिगो माग गर्दै जरिवाना माग गरिएको छ।

त्यसैगरी, स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल नामका तीन कम्पनी र तिनका प्रोप्राइटरहरू जयप्रकाश यादव, रञ्जुकुमार शाह र संगिता कुमारीलाई पनि प्रतिवादी बनाइएको छ।

तीनैजनामाथि जनही ९५ लाख २३ हजार ९१० रुपैयाँ बिगो दाबीसहित जरिवानाको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन