२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

न्यायाधीशमाथिको दुर्व्यवहारप्रति निजामती ट्रेड युनियनद्वारा भर्त्सना, दोषीमाथि कडा कारबाहीको माग

२०८२, ३१ जेष्ठ शुक्रबार १२:१६

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश डा. खुशीप्रसाद थारूमाथि भएको दुर्व्यवहारप्रति निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले गम्भीर आपत्ति जनाएका छन्

नेपाल निजामती कर्मचारी संगठन तथा युनियन विभागीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग गरेका हुन्।

नेकपा बहुमत पक्षका कार्यकर्ताहरूले न्यायाधीश थारूमाथि कालोमोसो छ्याप्ने र दुर्व्यवहार गर्ने जस्तो कार्य गर्नु अत्यन्तै निन्दनीय, अशोभनीय र असंवैधानिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानूनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो’, विज्ञप्तिमा भनिएको छ ।

श्रीप्रसाद पौडेल र जोदासिंह कठायतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता गतिविधि पुनः नदोहोरिने गरी कडाइका साथ निगरानी गरिनु पर्ने माग गरिएको छ। साथै, भयरहित वातावरण सिर्जना गरिदिन सरोकारवालालाई अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह