२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

न्यायाधीशमाथिको दुर्व्यवहारप्रति निजामती ट्रेड युनियनद्वारा भर्त्सना, दोषीमाथि कडा कारबाहीको माग

३१ जेष्ठ २०८२, शुक्रबार १२:१६

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश डा. खुशीप्रसाद थारूमाथि भएको दुर्व्यवहारप्रति निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियनहरूले गम्भीर आपत्ति जनाएका छन्

नेपाल निजामती कर्मचारी संगठन तथा युनियन विभागीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न माग गरेका हुन्।

नेकपा बहुमत पक्षका कार्यकर्ताहरूले न्यायाधीश थारूमाथि कालोमोसो छ्याप्ने र दुर्व्यवहार गर्ने जस्तो कार्य गर्नु अत्यन्तै निन्दनीय, अशोभनीय र असंवैधानिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानूनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो’, विज्ञप्तिमा भनिएको छ ।

श्रीप्रसाद पौडेल र जोदासिंह कठायतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता गतिविधि पुनः नदोहोरिने गरी कडाइका साथ निगरानी गरिनु पर्ने माग गरिएको छ। साथै, भयरहित वातावरण सिर्जना गरिदिन सरोकारवालालाई अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित