२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

३१ जेष्ठ २०८२, शुक्रबार १३:४४
काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उहाँले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँले चिराइतो प्रति मन रु ४० हजारमा बिक्री गर्नुभयो ।
त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्नुहुन्छ । उहाँले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आउनुभएको छ । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुई सय ८० किलो चिराइतो उत्पादन भएको थियो । यसबाट रु ४९ हजार राजस्व सङ¬्कलन गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो । यसबाट रु एक लाख आठ हजार राजश्व सङ्कलन भएको थियो । चालु आवको हालसम्मको तथ्याङ्क अनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ । यसबाट हालसम्म रु ७५ हजार राजस्व सङ्कलन भएको वन अधिकृत परमेश्वर पाश्वानले जानकारी दिनुभयो ।
वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ । यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ । ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार सङ्कलन गरी वन नियम अनुसार बिक्री गर्दा राजस्व सङ्कलन हुँदै आएको छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।
चिराइतो एक पटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन । पाकेको चिराइतोको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभइ त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बीउ लाग्ने गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता