२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउनेबारे मन्त्रिपरिषदमा छलफल

३ असार २०८२, मंगलवार १६:२९

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानबारे मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।

विधेयकको प्रारम्भिक मस्यौदामा कुलिङ पिरियड समावेश गरिएको भए पनि यसबारे वैकल्पिक दृष्टिकोणबाट छलफल गरिएको हो।

विधेयकमा राखिएको प्रावधानअनुसार, अवकाश प्राप्त वा राजीनामा दिएका कर्मचारीहरूले दुई वर्षभित्र संवैधानिक निकाय वा कूटनीतिक सेवामा नियुक्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको थियो। तर पछिल्लो समय केही कर्मचारी समूहबाट यो व्यवस्था पुनर्विचार हुनुपर्ने आवाज उठाइएको छ।

यही सन्दर्भमा, मुख्यसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरूले सभामुखसँग भेट गरी कुलिङ पिरियड हटाउन माग गरेका थिए।

यसअघि, राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको सहमतिमा विधेयकलाई संशोधन गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको छ। समितिका सभापति रामहरि खतिवडाले १ असारमा प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्दै विधेयकमा कुलिङ पिरियडसहितका प्रावधानको जानकारी गराएका थिए।

हाल, संसदमा अवरोधको अवस्था रहेका कारण विधेयक तत्काल कार्यसूचीमा नराखी अगाडि नबढाउने विकल्पबारे समेत छलफल भएको छ। सत्तापक्षबाट संशोधन प्रस्ताव दर्ता गरी संसदमै प्रावधान संशोधन गर्ने वा राष्ट्रिय सभामा लगेपछि आवश्यक संशोधन गर्ने विकल्पहरू पनि विचाराधीन छन्।

सत्तारूढ दलका नेताहरूले यस विषयमा मन्त्रिपरिषद्मा व्यापक छलफल भएको पुष्टि गरेका छन्। निजामती सेवा सम्बन्धी यो विधेयक हालको राजनीतिक र प्रशासनिक प्राथमिकताको केन्द्रमा रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव